पिपुल फर्ष्ट पार्टी नागरिक सर्वोच्चता, सुशासन र समावेशी लोकतन्त्रमा विश्वास गर्ने सबै सचेत नेपाली नागरिकलाई एक साझा राजनीतिक यात्रामा आमन्त्रण गर्दछ।
यदि तपाईं स्वाभिमान, समान अवसर, सामाजिक न्याय र समृद्ध नेपालको पक्षमा हुनुहुन्छ भने, पिपुल फर्ष्ट पार्टी तपाईंको आवाज र सहभागिताको मञ्च हो।
पार्टी सदस्य बनेर तपाईं विचार निर्माण, नीति बहस, संगठन विस्तार र नागरिक–केन्द्रित राजनीतिमा प्रत्यक्ष योगदान दिन सक्नुहुन्छ।
आजै सहभागी भई नागरिक पहिलो, राष्ट्र बलियो भन्ने यात्राको हिस्सा बन्नुहोस्।